केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिपाहीको मनोबल बढाउने मेरो काम : गृहमन्त्री

सहयात्रा टिभी

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले सिपाहीको मनोबल बढाउन सकेमात्रै मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सकिने बताउनु भएको छ ।

संचारकर्मीसंग कुरा गर्दै मन्त्री शर्माले सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । गृहमन्त्री शर्माले देश र जनताको आवश्यक्ता पुरा गर्नेबाहेक आफ्नो कुनै निजी स्वार्थ नरहेको दावी गर्नुभयो ।

मन्त्री शर्माले सरुवा र बढुवाका लागि तछाडमछाड नगर्न पनि आफू मातहतका सुरक्षा निकायका अधिकारीहरुलाई सचेत गराउनुभयो ।

प्रकाशित : 14 June, 2017

प्रतिक्रिया दिनुहोस्