राजपा लचक, आन्दोलनका कार्यक्रममा पुनर्बिचार हुँदै
सहयात्रा टिभी
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले मधेशी जनताको माग सम्बोधनका लागि सरकार सकारात्मक भएकाले आफू पनि लचक भएको जनाएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रसँगको बैठकपछि राजपाले सरकार सकारात्मक भएको प्रतिक्रिया दिएको हो । राजपाले घोषित आन्दोलनका कार्यक्रमबारे पुनर्बिचार गर्न आन्तरिक छलफलमा जुटेको छ ।