केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रिपब्लिकन नेतालाई गोली हान्ने मारिए

सहयात्रा टिभी

बिबिसि । वाशिंगटन शहरको बाहिरी भागमा एक बेसबल खेल अभ्यास गरिरहेका रिपब्लिकन सांसदहरुको टोलीमाथि गोली हान्ने बन्दूकधारी मारिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।  राष्ट्रपति ट्रम्पले सो घटनालाई निर्दयी हमला भनेका छन्।

इलिनोइ राज्यका जेम्स हजकिन्सन नामक उक्त बन्दूकधारीलाई प्रहरीले गोली हानी मारिदिएको छ। सो घटनामा प्रतिनिधि सभाका रिपब्लिकन वरिष्ठ नेता स्टिभ स्कलिसको कम्मरमा गोली लागेको थियो। दुई जना प्रहरी सहित चार अन्य घाइते भएका थिए।

बन्दूकधारी हजकिन्सन रिपब्लिकन विरोधी समूहहरुका सदस्य रहेको र गत वर्षको निर्वाचनमा राष्ट्रपति पदका निम्ति डेमोक्र्याटिक पार्टिका आकांक्षी बर्नी स्याण्डर्सका समर्थक रहेको बताइएको छ।

उक्त गोली प्रहारको घटनालाई सिनेटर स्याण्डर्सले कडा निन्दा गरेका छन्।

साउथ क्यारोलाइना सांसद जेफ डन्कनका अनुसार ती संदिग्ध व्यक्तिले उक्त घटना अगाडि रिपब्लिकन वा डेमोक्र्याट कुन दलका नेताहरु अभ्यास गरिरहेको भनी उनलाई सोधेका थिए। प्रहरी नभएको भए त्यहाँ थुप्रै मारिने थिए।

प्रकाशित : 15 June, 2017

प्रतिक्रिया दिनुहोस्