केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अब लोकसेवा आयोगका गतिविधि मोबाइल एप्समा

सहयात्रा टिभी

काठमाडौं । लोकसेवा आयोगले अब आफना हरेक गतिविधि मोबाइल एप्सबाट जानकारी गराउने भएको छ । आयोगको ६७औँ वार्षिकोत्सवको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले सो मोबाइल एप्सको सार्वजनिक गर्नुभयो ।
लोकसेवा आयोगको एप्सका लागि गुगलबाट ‘पिएससी नेपाल’ डाउनलोड गर्नुपर्ने हुन्छ । एप्स डाउनलोडपछि मोबाइलबाटै विज्ञापन, परीक्षाको नतिजा र स्वीकृत नामावलीलगायत आयोगका प्रत्येक गतिविधिबारे जानकारी लिन सकिनेछ ।
कार्यक्रममा उपराष्ट्रपति पुनले दुर्गम क्षेत्रका नागरिकका लागि लोकसेवासम्म सहज पहुँचको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा भनसुन उद्योग फस्टाउँदै गएकाबेला आयोग नितान्त फरक, व्यवसायिक र अलग रहेको बताउनुभयो ।
आयोगका अध्यक्ष उमेश मैनालीले राजपत्राङ्कित प्रथम श्रेणी अप्राविधिकतर्फको पाठ्यक्रममा आमूल परिवर्तन गरिएको पनि जानकारी दिनुभयो ।

प्रकाशित : 15 June, 2017

प्रतिक्रिया दिनुहोस्