केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पदम ठकुराठीलाइ गोली हान्ने थापा लागु औषधको कारोवारमा प्रहरी फन्दामा

सहयात्रा टिभी

काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा लागु औषधको कारोवार गर्दै आएका एक युवकलाइ पक्राउ गरेको छ । केही वर्षयता लगातार लागु औषध बेचिरहेका काठमाडौं बौद्ध टुसाल घर भइ मैतीदेवीमा डेरा गरी बस्दै आएका ४९ वर्षीय गौतम थापालाई प्रहरीले पक्राउ गरेको हो ।

लागु औषध नियन्त्रण ब्युरोले थापाले पक्राउपछि सार्वजनिक गरेको छ । थापा ८ वर्ष कैद भुक्तान गरी २०५४ सालमा छुटेका थिए । २०४२ सालमा पदम ठकुराठीलाई गोली हान्ने पनि यीनै थापा हुन ।

जेलबाट छुटेपछि उनी लागु औषध तस्करी तिर लागेको प्रहरीको भनाइ छ । उनले वीरगंज नाका हुदैँ लागू औषध काठमाडौं ल्याउने र विभिन्न स्थानमा बेच्ने गरेको प्रहरीको दावी छ ।

प्रकाशित : 15 June, 2017

प्रतिक्रिया दिनुहोस्