केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन आयोग कठपुतली: कमल थापा

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दलले निर्वाचन आयोगलाई कठपुतली बनाएको अारोप लगाएका छन्। सरकार र राष्ट्रिय जनता पार्टीबीच प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सार्ने सहमति भएपछि ट्विट गर्दै थापाले सरकारले गलत निर्णय गरेको उल्लेख गरेका छन्।

‘दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णयले गलत सन्देश दिएको छ, निर्णय अदुरदर्शी र अपरिपक्व छ। निर्वाचन आयोगलाई कठपुतली बनाउन खोजिएको छ’, थापाले लेखेका छन्।

निर्वाचन आयोगले चुनाव सार्न नहुने बताएपनि सरकारले राजपासँग चुनाव सार्ने सहमति गरेको थियो।

प्रकाशित : 15 June, 2017

प्रतिक्रिया दिनुहोस्