काठमाडौं महानगरपालिकामा लक्ष्य भन्दा डेढ करोड बढी कर संकलन
सहयात्रा टिभी
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको एक महिनामात्र बाँकी रहँदा लक्ष्यभन्दा रु एक करोड ५५ लाख बढी कर संकलन गरेको छ । चालु वर्षका लागि विज्ञापन करमा रु पाँच करोड लक्ष्य लिइएको थियो । आर्थिक बर्ष सकिन एक महिना बांकी रहंदासम्म रु ६ करोड ५५ लाख रुपैयां संकलन भैसकेको छ ।
महानगरपालिकका अनुसार आव २०७२/७३ मा रु चार करोड १७ लाख संकलन गरिएको थियो । केही वर्षयता नियमअनुसार विज्ञापन नराख्ने र सहर कुरुप बनाउनेलाई कामनपाले कडारुपमा कारबाही गर्दै आएको छ । कारवाही बढाएपछि कर संकलन पनि बढेको हो ।