केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ऐश्वर्याको चाहना मराठी फिल्म खेल्ने

सहयात्रा टिभी

एजेन्सी । चर्चित बलिउड नायिक ऐश्वर्या राय बच्चन आफनो अभिनय र सुन्दरताले विश्वमै प्रख्यात छिन । मिस वल्र्डको समेत ताज पहिरिसकेकी यी नायिकाको फिल्क करिअर अभिषेक बच्चनसंग विवाह गरेपछि केही सुस्ताएको थियो । उनले ३० भन्दा बढी फिल्म, अन्तर्राष्ट्रिय प्रोजेक्ट र तमिल फिल्ममा काम गरिसकेकी छिन ।

अहिले आएर ऐश्वर्याले मराठी फिल्ममा रुची देखाएकी छिन । उनले हालै मराठी फिल्ममा काम गर्न पाए हुन्थ्यो भन्ने इच्छा देखाएपछि मराठीका निर्माताहरु पनि दंगदास बनेका छन । ऐश्वर्याले हालै एउटा फिल्मको एल्बम सार्वजनिक समारोहमा यो इच्छा व्यक्त गरेकी हुन ।

तमिल फिल्म ‘इरवर’ मार्फत अभिनय क्षेत्रमा आएकी ऐश्वर्या ‘और प्यार हो गया’ मार्फत बलिउडमा प्रवेश गरेकी हुन ।

ऐश्वर्याका अनुसार फिल्मको स्क्रिप्ट रोमाञ्चक भए भाषाले फरक पार्दैन । धाराप्रवाह मराठी बोल्न नसकेपनि यो भाषा राम्ररी बुझने भएकाले आफूले राम्रो गर्न सक्ने उनले बताइन ।

प्रकाशित : 16 June, 2017

प्रतिक्रिया दिनुहोस्