केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पेट्रोलिय पदार्थको मूल्य घट्यो, एलपी ग्यासको यथावत

सहयात्रा टिभी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि नेपालमा पनि मूल्य घटाइएको होे ।  भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर नेपाल आयल निगमलाई पठाएको थियो ।

पेट्रोल, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा घटाइएको छ । पेट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइनेछ । यस्तै डिजेल र मट्टितेल प्रतिलिटर ७६ रुपैयाँ कायम भएको छ ।

एलपीजी ग्यासको मूल्य भने घटाइएको छैन । ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ यथावत छ ।

प्रकाशित : 16 June, 2017

प्रतिक्रिया दिनुहोस्