केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपाको आन्दोलन मुलक बचाउन : राजेन्द्र महतो

सहयात्रा टिभी

काठमाडौं । एकोहोरो रुपमा निर्वाचनको बिरोध गर्दै आन्दोलन चर्काउने उद्दत राष्ट्रिय जनता दल (राजपा) का नेता राजेन्द्र महतोले कुनैपनि हालतमा निर्वाचन हुन नदिने चेतावनी दोहर्याएका छन ।

काठमाडौंमा आयोजित अन्तक्रियामा बोल्दै नेता महतोले आफनो माग बमोजिम सिमाङ्कन, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वका सवालमा संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने बताएका हुन । उनले प्रमुख तीन दल कांग्रेस, एमाले, माओवादी केन्द्र र वर्तमान सरकारले आपसमा मिलेर देशमा भाँडमैलो मच्चाएको आरोप समेत लगाए ।

नेता महतोले ठूला दलले मधेस र थरुहटलाई एक हुन नदिन प्रमुख दलहरुले षड्यन्त्र गरिरहेकोमा आक्रोश व्यक्त गरे । आफूहरुको आन्दोलन मुलुकलाई बर्वादीबाट बचाउनका लागि भएको उनले बताए ।

मधेसी तथा जनजातिहरुले उठाएका माग पूरा गराई मेचीदेखि महाकालीसम्म, झापादेखि कञ्चनपुरसम्म र मधेसदेखि थरुहटसम्म एकैपटक निर्वाचन हुनुपर्ने उनको भनाइ थियो । उनले प्रदेश नम्बर २ को निर्वाचनको मिति सार्ने कुरामा आफूहरुको कुनै पनि सहमति नरहेको दावी समेत गरे ।

प्रकाशित : 17 June, 2017

प्रतिक्रिया दिनुहोस्