केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिलिपिनी जहाजसंग अमेरिकी युद्धपोत ठोक्किएपछि सात बेपत्ता

सहयात्रा टिभी

बिबिसि ।  जापानको पूर्वी तट पारी एक अमेरिकी युद्धपोत फिलिपिनी मालवाहक जहाजसँग ठक्कर खाँदा अमेरिकी युद्धपोतमा सवार सात सदस्य हराइरहेका छन्।

अमेरिकी जलसेनाले बीबीसीलाई बताएअनुसार जहाजहरु ठोक्किएपछि अमेरिकी जहाजका कमाण्ड सम्हालिरहेका एक अधिकृत र अन्य दुईजना घाइते भएका छन्। उनीहरुलाई एक जापानी हेलिकोप्टरले उद्धार गरेको छ। ठक्कर खाएपछि ‘यूएसएस फिज्जेराल्ड’ नाम गरेको आक्रमणमा प्रयोग गरिने युद्धपोतमा ठूलो क्षति पुगेको र जहाजभित्र पानी छिरेको बताइएको छ।

सो जहाज अहिले कसैको सहायता बिना नजिकै पर्ने योकोसुका बन्दरगाहतर्फ लागिरहेको बताइएको छ। अमेरिकी युद्धपोत र फिलिपिनी झण्डा भएको जहाज रातिको अँध्यारोमा आपसमा ठोक्किन पुगेका थिए। ठोक्किनुको कारण कारण थाहा भइसकेको छैन।

अत्याधुनिक रेडार प्रणाली जडान गरिएको ‘यूएसएस फिज्जेराल्ड’लाई विश्वकै अत्याधुनिक युद्धपोत मानिन्छ। तर चालक दलले २०० मिटर लामो मालवहाक जहाजसँग ठोक्किनबाट आफ्नो जहाजलाई किन जोगाउन सकेनन् भन्ने विषयमा धेरै प्रश्नहरु उठिरहेका छन्।

प्रकाशित : 17 June, 2017

प्रतिक्रिया दिनुहोस्