केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बागमति सफाइ अभियानमा मनिषा कोइराला

सहयात्रा टिभी

काठमाडौं । बलिउड अभिनेतृ नेपाली चेली मनिषा कोइराला वाग्मती सफाइ महाअभियानमा सहभागी भएकी छन । बागमति सरसफाइ महाअभियानको सद्भावना दूत मनोनयन भए लगत्तै मनिषा सरसफाइमा सरिक भएकी हुन ।

नायिक कोइराला शनिवार बिहानै कुपण्डोल र थापाथली क्षेत्रको सरसफाइमा जुटेकी हुन । उनी आफै हातमा पञ्जा लिएर सरसफाइमा जुटेपछि सफाइ अभियन्ताको संख्या पनि बढेको थियो ।

सरसफाइ अभियानमा पूर्व सहरी विकासमन्त्री अर्जुननरसिंह केसी, मुख्यसचिव सोमलाल सुवेदी, कलाकार सिताराम कट्टेल धुर्मुस, शुष्मा कार्की लगायत सहभागी थिए । 

वाग्मती सफाइ महाअभियानको गत बिहीबारको बैठकले नायिका कोइरालालाई सद्भावना दूत घोषणा गरेको थियो ।

प्रकाशित : 17 June, 2017

प्रतिक्रिया दिनुहोस्