दार्जिलिङमा नेपाली भाषीमाथि गोली प्रहार, तीन जना मारिए
सहयात्रा टिभी
एजेन्सी । नेपाली भाषा समाप्त गर्ने षडयन्त्रबिरुद्ध आन्दोलित दार्जिलिङका नेपाली भाषाीमाथि भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेको छ । भाषा संरक्षणसंगै गोर्खाल्याण्ड राज्य माग गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो ।
गोर्खा जनमुक्ति मोर्चाका अनुसार घटनामा तीन जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु संख्या अझै बढने देखिएको छ ।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले आन्दोलनकारीको आतंकवादी संगठनसँग साठगाँठ रहेको आरोप लगाएकी छिन ।