केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संबिधान कार्यान्वयन रोक्न चुनाव टार्ने काम गरियो :एमाले महासचिव पोख्रेल

सहयात्रा टिभी

काठमाडौं । एमाले महासचिव इश्वर पोख्रेलले प्रदेश–२ को स्थानीय तहमा चुनाव हार्ने भएपछि सत्तारुढ नेपाली कांग्रेसले चुनाव टार्ने खोजेको वताएका छन् । कांग्रेसले प्रदेश २ मा हार्ने संकेत देखिएकै कारण राष्ट्रिय जनता दल (राजपा) ले कडा असहमति जनाउँदा पनि चुनाव सार्ने काम गरेको पोख्रेलले वताएका छन् ।
प्रधानमन्त्री सकेसम्म चुनाव टार्ने, टार्न नसके सार्ने उदेश्यअनुसार चलेका छन्, त्यसैको श्रृंखलाका रुपमा प्रदेश–२ को चुनाव सारिएको हो, नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिवार आयोजना गरेको दोलखाबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुको सम्मान तथा बधाई कार्यक्रममा महासचिव पोख्रेलले भने, ‘प्रदेश २ मा आफ्नो अवस्था खस्कने हुनाले चुनाव टार्न नसके सार्नुपर्छ भन्ने कांग्रेसको निश्कर्षका आधारमा चुनाव सारिएको हो उनको भनाई थियो ।
‘प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल आन्दोलनरत राजपालाई मनाउन र उस्को सहमतिमा चुनाव सारिएको हो भनिरहेका छन तर बास्तबिकता त्यस्तो होइन, राजपाले बैठकमै आपत्ति जनाइसकेको थियो, मान्दैनौं पनि भनिसकेको छ,’ पोख्रेलले भने । पोखरेलका अनुसार चुनाव सारेर कांग्रेस र माओवादी सरकारले प्रदेश २ लाइ एक्ल्याउने र मनोबैज्ञानिक रुपमा कमजोर बनाउने काम गरेको छ, उनले भने ।
एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईले मुलुकलाई बिभाजन गरी बिदेशीको इसारामा चल्नैपर्ने बनाउन माओवादी र कांग्रेस लागिपरेको भन्दै सजक हुनुपर्ने बताए । ‘नेपालको लोकतन्त्रलाई सम्पुर्ण रुपले नष्ट गर्ने, नेपालमा लोकप्रिय बनेको र जनताको बिश्वास जितेको कम्युनिष्ट आन्दोलनलाई सम्पुर्ण रुपले समाप्त पार्ने उनीहरु त्यसैअनुसार चुनाव टार्ने, सार्ने र काममा लागि परेका छन,’ चौलागाईले भने ।
पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखाका जनप्रतिनिधिले बिकाशको नमुना देखाएर एमालेको नीति ब्यवहारमा उतार्नुपर्ने बताए । ‘एमालेको नीति ब्यवहारमा उतार्नु नै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको दायित्व हो, यसै काममा लाग्नुपर्छ,’ पूर्वमन्त्री पोखरेलले भने ।
कार्यक्रममा एमाले बैकल्पिक केन्द्रीय सदस्य रचना खडका, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, प्रदेश ३ सम्पर्क समन्वय कमिटी संयोजक श्याम बस्नेत, जिविस दोलखाका पूर्वसभापति लालकुमार केसी, सम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटीलगायतका नेताहरुले संमृद्ध स्थानीय तह निर्माण गर्ने एमालेको नीतिलाई जस्ताको तस्तै कार्यान्वयन गर्न सुझाव दिए ।
कार्यक्रममा महासचिव पोखरेलसहितका एमाले नेताहरुले दोलखामा एमालेबाट निर्वाचित दुई नगरपालिका र पाँच गाउँपालिकाका प्रमुख, उपप्रमुखसहित सवैलाई सम्मान गरेको थियो । दोलखाको भीमेश्वर, जीरी नगरपालिका, गौरीशंकर, कालिञ्चोक, मेलुङ, शैलुङ र तामाकोशी गाउँपालिकामा एमाले बिजयी बनेको थियो । बिगु र बैत्यश्वर गाउँपालिकामा भने कांग्रेस नेतृत्व स्थापित भएको छ ।

प्रकाशित : 17 June, 2017

प्रतिक्रिया दिनुहोस्