केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कपिलवस्तुको बाणगंगामा विष्फोट, घाइते ९ मध्ये ४ को अवस्था गम्भीर

सहयात्रा टिभी

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका ४ गजेहडामा कांग्रेस र माओवादी कार्यकर्तालाइ लक्षित गरी बम विस्फोट गराइएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मनोनयन प्रक्रियालाइ बिथोल्न बिष्फोट गराइएको हो ।

घटनामा ९ जना घाइते भएका छन । घाइते हुने सबै कांग्रेस र माओवादी कार्यकर्ता छन । घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार र शेषराम गुप्ता र लालबहादुर थारु रहेका छन ।

नेक्रबिक्रम चन्द विप्लव समूहले विष्फोट गराएको आशंका गरिएको छ ।

प्रकाशित : 18 June, 2017

प्रतिक्रिया दिनुहोस्