नवलपरासीमा शंकास्पद गतिविधिमा संलग्न ४० जना पक्राउ
सहयात्रा टिभी
नवलपरासी । नवलपरासीमा निर्वाचन प्रकृया विथोल्न खोज्ने ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन बिथोल्ने शंकास्पद गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले राजपाका कार्यकर्तासहित केही व्यक्तिलाइ पक्राउ गरेको हो ।
जिल्लामा राष्ट्रिय जनता पार्टीको बन्दका बावजुद मनोनयन पत्र दर्ता भैरहेको छ । अधिकांश तहमा नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदका उम्मेदवारहरुको मनोनयन दर्ता पनि भैसकेको छ भने विभिन्न स—साना दल एवं स्वतन्त्र उम्मेदवारहरुको मनोनय दर्ता अझै जारी छ ।
नवलपरासीमा ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ स्थानिय तहमो दोश्रो चरणको निर्वाचन हुँदैछ ।