केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अस्थायी शिक्षकहरुको आमरण अनशन जारी

सहयात्रा टिभी

काठमाडौं । सम्पूर्ण अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने लगायतका मागसहित आन्दोलनरत अस्थायी शिक्षकहरुको आमरण अनशन  तेस्रो दिन पनि जारी छ।

काठमाडौंको भद्रकालीमा ५ जना शिक्षक आमरण अनशनमा बसिरहेका हुन्। अनशनमा बस्ने शिक्षकहरुमा पर्साका किसुनप्रसाद यादव र सुखलादेवी यादव, गोरखाका जितबहादुर गुरुङ, बझाङका कलादेवी जोशी र बाजुराका कलु केसी छन्। आन्दोलनरत अस्थायी शिक्षकहरुले विभेदकारी शिक्षक विज्ञापन खारेज गर्नुपर्ने, हालसम्मका सम्पूर्ण अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने, विगतका विज्ञापनबाट विस्थापित शिक्षकहरुलाई साविककै पदमा स्थापित गर्नुपर्ने तथा सम्पूर्ण अस्थायी सेवा अवधि गणना गर्नुपर्ने माग अघि सारेका छन्।

तत्काल माग पूरा नभए अझै सशक्त आन्दोलनका कार्यक्रम अघि सार्ने शिक्षकहरुको चेतावनी छ।

प्रकाशित : 18 June, 2017

प्रतिक्रिया दिनुहोस्