केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्थानीय तहको निर्वाचन नाटक : राजपा

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचनलाई नाटकको संज्ञा दिएका छन् । भैरहवामा आयोजित पत्रकार सम्मेलनमा राजपाका शीर्ष नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोले सबै राजनीतिक पार्टीको सहभागिताबिनाको निर्वाचनको कुनै अर्थ नरहेको भन्दै यसलाई नाटकको संज्ञा दिएका हुन् ।

नेता ठाकुरले मधेसको समस्या समाधान गरेर मात्र निर्वाचन गराउने सहमति भएपनि सरकारले एकतर्फी निर्वाचन घोषणा गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘अब हाम्रोसामु आत्मसमर्पण वा संघर्ष जारी राख्ने विकल्प मात्रै छ, हामी संघर्षमै जान्छौं । यो कुरा सरकारलाई भनिसक्यौं ।’

नेता महतोले षड्यन्त्रमूलक ढंगले विवाद बढाएर शान्तिपूर्ण सभा विथोल्ने उद्देश्यले हिजो सरकारले गोली चलाएको आरोप लगाउनुभयो ।

प्रकाशित : 18 June, 2017

प्रतिक्रिया दिनुहोस्