केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सरकार गम्भीर : गृहमन्त्री

सहयात्रा टिभी

रूकुम ।  गृहमन्त्री जनार्दन शर्माले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सरकार गम्भीर रहेको बताउनु भएको छ । रुकुमको सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले पहिलो चरणजस्तै दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण र भयरहित हुनेमा कुनै शंका नगर्न आग्रह गर्नुभयो ।

दोस्रो चरणमा निर्वाचन हुने सबै प्रदेशका मतदान स्थल र मतदान केन्द्रहरुको सुरक्षामा कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो । ढुक्क भएर भयरहित वातारणमा मतदान गर्नका लागि तयार रहन मन्त्री शर्माले सर्वसाधारणलाई आग्रह समेत गर्नुभयो ।

मन्त्री शर्माले पहिलो चरणको निर्वाचनको जस्तै उत्साहपूर्ण सहभागिताका लागि मतदाता आतुर भएको भन्दै जनताको मतको कदर गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो । राजनीतिक, प्राविधिक र व्यवहारीक कारणले २ नम्बर प्रदेशको निर्वाचन असोज २ गतेका लागि सारिएको उहाँको भनाई थियो । २ नम्बर प्रदेशमा रहेका राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउनै पर्ने भएकाले पनि असोज २ मा सो प्रदेशको निर्वाचन गर्ने निर्णय भएको मन्त्री शर्माले बताउनुभयो ।

निर्वाचनमा सहभागी हुने दल दर्ता, हस्ताक्षर बुझाउने, चुनाव चिन्ह दिने लगायतका प्राविधिक काम मिलाउन ऐन संशोधन भइरहेकाले पनि २ नम्बर प्रदेशको चुनाव पछि सार्नु परेको शर्माले प्रस्ट पार्नुभयो ।

प्रकाशित : 18 June, 2017

प्रतिक्रिया दिनुहोस्