केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोर्चुगलमा आगलागीमा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो

सहयात्रा टिभी

बिबिसि । पोर्चुगलको दक्षिण पूर्वी कोइम्ब्रास्थित जंगलमा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ५७ पुगेको छ । आगलागीमा परी केही अग्नी नियन्त्रकसहित ५९ जना घाइते भएका छन् ।

अधिकांश मानिस सुरक्षित स्थानमा जाने क्रममा आगलागीमा परि मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उनीहरु कोइम्ब्रा भन्दा ५० किलोमिटरको दक्षिण पूर्व क्षेत्रबाट आगलागीबाट बचेर निस्कने क्रममा सो हताहती भएको हो । आगलागीबाट जंगल पूर्णरुपमा ध्वस्त भएको छ ।

जंगलको आगो बस्तीसम्म फैलिदै गएको र केही घरहरु समेत नष्ट भएको बताइएको छ । सयौंको संख्यामा अग्नीनियन्त्रक र हेलिकोप्टर परिचालन गरिएपनि आगो नियन्त्रणमा आउन नसकेको स्थानीय संचारमाध्यमलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ । यसैबीच प्रधानमन्त्री एन्टोनियो कोष्टाले घटना प्रति दुख व्यक्त गर्नुभएको छ ।

 

प्रकाशित : 18 June, 2017

प्रतिक्रिया दिनुहोस्