केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपा नैतिक संकटमा, रूपन्देहीमा राजपा नेताहरुको स्वतन्त्र उम्मेदवारी

सहयात्रा टिभी

रुपन्देही । चुनाव बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीका नेताहरुले रुपन्देहीमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । रुपन्देहीका सम्मरीमाई, मर्चवारीमाई र कोटहीमाईमा राजपाका नेताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

राजपाका नेता सर्वेन्द्रनाथ शुक्लको निर्वाचन क्षेत्र नम्बर ६ का गाउँपालिकामा १ सय ११ पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा अशोक कुमार शुक्ल, उपाध्यक्षमा कमालुद्दिन शेख स्वतन्त्र उम्मेदवार बनेका छन् ।

यस्तै कोटहीमाई गाउँपालिकाको अध्यक्षमा बालकिशुन तिवारी र उपाध्यक्षमा असर्फी यादवले उम्मेदवारी दर्ता गराएका छन् । मर्चवारी गाउँपालिकाको अध्यक्षमा राजकुमार सिंह र उपाध्यक्षमा जानकीप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् ।

प्रकाशित : 18 June, 2017

प्रतिक्रिया दिनुहोस्