केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शोभित बस्नेतले बनाउँदै ‘बाबु कान्छा’

सहयात्रा टिभी

काठमाडौं । कलिउडमा फिल्म मेसिनका नामले चर्चित निर्देशक शोभित बस्नेतले नयाँ चलचित्र ‘बाबु कान्छा’ बनाउने भएका छन । पछिल्ला केही चलचित्र असफल भएपछि निराश भएका बस्नेतले दुइ बर्षको अन्तरालपछि फिल्म बनाउन लागेका हुन । दुइ बर्ष अघि उनले ‘जाऊ हिँड पोखरा’ बनाएका थिए ।

बस्नतले यही साता पुनः फिल्म निर्देशनको घोषणा गरेका छन् । ‘बाबु कान्छा’ मा उनको निर्माण, निर्देशन र लेखन पनि रहनेछ । फिल्मको छायाङ्कन राजधानी, चितवन र दुबईमा हुनेछ । 

चलचित्रको मुहूर्तमा कलाकार सलोनले नायक सरोज खनालसँग संवाद बोलेर सट दिएका थिए ।

‘बाबु कान्छा’ मा रितिक शाही, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, सम्राट सापकोटा, अश्लिन ज्ञवाली, ज्योत्सना महर्जनको पनि मुख्य भूमिका रहेको छ ।

प्रकाशित : 18 June, 2017

प्रतिक्रिया दिनुहोस्