केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जेनेभा भ्रमणपछि राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रपति विद्या भण्डारी जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिई स्वदेश फर्र्किनुभएको छ ।
राष्ट्रपति भण्डारी १०६ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा प्रमुख वक्ताको रुपमा भाग लिई स्वदेश फर्किनु भएको हो ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री, मन्त्रीहरुसहित सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । बिमानस्थलमा राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाले सलामी अपर्ण समेत गरेको थियो ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्न राष्ट्रपति भण्डारी गत मंगलबार जेनेभा प्रस्थान गर्नुभएको थियो ।

प्रकाशित : 18 June, 2017

प्रतिक्रिया दिनुहोस्