केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छिटपुट घटनाबाहेक मनोनयन दर्ता शान्तिपूर्ण

सहयात्रा टिभी

काठमाडौं । स्थानीय चुनावको दोस्रो चरण अन्तर्गत प्रदेश १, ५ र ७ मा उम्मेदवारहरुको मनोनयन दर्ता केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

मनोनयनका लागि बिहान ८ देखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको थियो । दिउँसो ४ बजेभित्र निर्वाचन अधिकृतको कार्यालय पुगिसकेका उम्मेदवारहरुको ढिलोसम्म पनि मनोनयन दर्ता भएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सबै स्थानमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको बताउनुभयो । मनोनयन दर्ता गरेका उम्मेदवारहरुलाई निर्वाचन आयोगले असार ६ गते चुनाव चिन्ह दिने कार्यतालिका छ ।

दोस्रो चरणअन्तर्गत ३३४ स्थानीय तहका लागि असार १४ गते मतदान हुँदैछ । त्यसमध्ये एउटा महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिका छन् ।

दोस्रो चरणबाट १५ हजार ३८ जनप्रतिनिधि चुनिनेछन् । प्रदेश २ मा भने तेस्रो चरणमा असोज २ मा स्थानीय चुनाव गर्ने कार्यतालिका छ ।

प्रकाशित : 18 June, 2017

प्रतिक्रिया दिनुहोस्