केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नवनारी दशौ बर्षमा

सहयात्रा टिभी

नवनारीले गत शनिवार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि आफ्नो दशौं वार्षिकोत्सव मनाएको छ । ईतिहासबिद सत्यमोहन जोशिको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा बिभिन्न क्षेत्रमा कृयशिल महिलाहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कलाकार, डाक्टर लागयत विभिन्न क्षेत्रमा उल्लेखनिय काम गर्ने महिलाहरु तथा व्यावसायी महिला लगायतलाई सम्मान गरिएको थियो । साथै सोही पत्रीकामा कार्यरत कर्मचारीको हौसला र कृयाशिलतामा उर्जा थप्न कर्मचारी अफ द इयर को रुपमा कार्यकारी सम्पादक लेखनाथ पोख्रेललाई एद्धार हजार १ सय ११ रुपैया र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।


सोहि कार्यक्रममा नवनारिको प्रमुख सम्पादक जानुका ढकालले आगामी दिनमा नारी हक हितमा अझै यसरीनै अग्रसर भइ त्रियाशिल भई काम गर्ने बताइन् । कार्यक्रम बिच नवनारिका प्रबन्ध निर्देशक तथा संगितकार बिनोद पछाईले गीत गाएर दर्शकलाई मनोरन्जन दिएका थिए भने गायिका कुन्ती मुक्तानले पनि गीत गाएर दर्सकको ध्यान केन्द्रित गरेकी थिइन् । नवनारीले लामो समय देखि महिलाहरुका उत्थान र मनोवल वढाउने ढंगले उल्लेखनिय काम गर्दै आईरहेको छ ।

प्रकाशित : 18 June, 2017

प्रतिक्रिया दिनुहोस्