केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतलाई हराउँदै पाकिस्तानले जित्यो च्याम्प्यिन्स ट्रफीको उपाधि

सहयात्रा टिभी

काठमाडौं । भारतलाई १ सय ८० रनको भारी अन्तरले हराउँदै पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतमाथि शानदार जित हात पार्दै च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराएको हो । भारतलाई सस्तोमा समेट्न मोहमद आमिर र हसन अलीले घातक बलिङ गर्दै ३–३ विकेट लिएका थिए । आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको भने यो पहिलो पटक हो । 

पाकिस्तानी बलरहरुका सामू भारतका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । खेको सुरुवाती माज्र तीनै विकेट हसन अलीले लिएका थिए । शिखर धवन पनि २१ रनमै आउट भए भने अली रन आउट भएपछि जमानले बाबर आजमसँग मिलेर पाकिस्तानको इनिङ सम्हालेका थिए । भारतलाई ३०।३ ओभरमा अलआउट गर्दै मोहम्मद अमिर र हसन अलीले ३-३ विकेट लिएका थिए । भारतका लागि १० ओभरमा मात्र ४४ रन खर्चेर भुवनेश्वर कुमारले २ विकेट लिएका थिए । यद्यपी, भारतका शिखर धवन सर्वाधिक रनकर्ता बने। उनले ५ खेलमा ६७ दशमलव ६० को औसतले ३ सय ३८ रन बनाएका छन्

प्रकाशित : 19 June, 2017

प्रतिक्रिया दिनुहोस्