केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाको भव्य स्वागत

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुबाटार सर्नुभएको छ । प्रधानमन्त्री भएपश्चात पनि हाल आफ्नै निवासमा बस्दै आउनुभएका प्रधानमन्त्री देउवा आज विहान सरकारी निवास सर्नुभएको हो । प्रधानमन्त्री देउवालाई ज्योतिषीहरूले निजी निवासबाट सरकारी निवासमा वसाइ सर्दा राम्रो साइत आज असार ५ गते उपयुक्त हुने वताईदिएपछि प्रधानमन्त्री देउवा आज दिउसो वालुवाटारस्थित सरकारी निवास सर्ने मिति तय गरिएको थियो । यता सरकारी निवास वालुवाटारको बैठककक्ष देखि लिएर सवै ठाउको सामान्य हिसावले मात्रै पुनःनिर्माण र रङरोगन गरिएको छ । यस अगाडीका प्रधानमन्त्री सरकारी निवास सर्दा हरेक सरसामान नयाँ खरिद गर्ने चलन थियो । तर प्रधानमन्त्री देउवा वालुवाटार सर्दा भने पहिलेकै सामानबाट काम चलाईको वुझिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानार्थ नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो । आज बिहान वालुवाटारमा प्रधानमन्त्री देउवालाई कर्मचारीले स्वागत गर्नुका साथै भवनको साँचो हस्तान्तरण गरेका थिए ।

प्रकाशित : 19 June, 2017

प्रतिक्रिया दिनुहोस्