केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन आयोगले आज उम्मेदवारको नामावली सार्वजनिक गर्ने 

सहयात्रा टिभी

काठमाडौँ । असार १४ गते  हुन गईरहेको १, ५ र ७ नम्बर प्रदेशका ३ सय ३४ स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुने ३ प्रदेशका स्थानीय तहमा हिजो मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली निर्वाचन आयोगले आज सार्वजनिक गर्ने भएको छ । मनोनयन दर्ता गरेका उम्मेदवारको दावी बिरोध हेरी आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यातालिका अनुसार भोली उम्मेदवारी फिर्ताको समय पनि दिएको छ । उम्मेदवारको नाम सार्वजनिक गरेसंगै भोली नै उम्मेदवारीको नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको कार्यातालिका छ ।

प्रकाशित : 19 June, 2017

प्रतिक्रिया दिनुहोस्