केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानन्यायाधीशमा पराजुलीको नाम सिफारिस हुन सकेन

सहयात्रा टिभी

काठमाडौं । कामु प्रधानन्याायाधीश गोपाल पराजुलीको नाममा विपक्षी दलले असमहमति जनाएपछि प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेन । संवैधानिक परिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशमा सिफारिस गर्न गोपाल पराजुलीको नाम प्रस्ताव गर्ने निर्णय गरेका थिए । प्रमुख प्रतिक्षी दल नेकपा एमालेले असमहमति जनाएपछि संवैधानिक परिषद्को आजको बैठक विना निष्कर्श टुंगिएको छ । त्यसोत एमालेले कायममुकायम प्रधानन्यायाधीश पराजुलीको नाममा असहमति जनाउँदै आएको छ । बैठकमा एमाले अध्यक्ष ओलीले पराजुलीको बिषयमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने भन्दै सिफारिस गर्न अस्वीकार गरेका थिए ।

निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानन्यायाधीशका लागि बरिष्ठताका आधारमा पराजुली सहित ६ जना न्यायाधीशको नाम प्रधानन्यायाधीशको लागि संवैधानिक परिषद्मा पठाउनुभएको थियो ।

प्रकाशित : 19 June, 2017

प्रतिक्रिया दिनुहोस्