केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय गौरवका आयोजना निर्माणको कुल गार्हस्थ उत्पादनको न्यूनतम् १० प्रतिशत रकम पूर्वाधारतर्फ बजेट विनियोजन गराउन उद्योग परिसंघको माग

सहयात्रा टिभी

काठमाडौं । नेपाल उद्योग परिसंघले कुल गार्हस्थ उत्पादनको न्यूनतम १० प्रतिशत पूर्वाधारका लागि बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । परिसंघका अध्यक्ष हरिभक्त शर्माको प्रतिनिधिमण्डलले अर्थव्यवस्थाका वर्तमान चुनौतिहरुको विश्लेषण गर्दै त्यसको समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो । परिसंघका प्रतिनिधि मण्डलले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी सो वारे सरकारको ध्यानाकषंण गराएको हो ।
सरकारद्धारा शुरु गरिएका राष्ट्रिय गौरवका आयोजनाहरु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, हेटौडा–निजगढ द्रूतमार्ग, माथिल्लो तामाकोशी जलबिद्युत आयोजना, मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यलाई तीव्रता दिनुका साथै पूर्वाधार निर्माणको कुल गार्हस्थ उत्पादनको न्यूनतम् १० प्रतिशत रकम विनियोजन गर्नुपर्ने आवश्यकता रहेको परिसंघको अध्यक्ष शर्माले वताएका छन् ।

प्रतिनिधि मण्डलको धारणापछि प्रधानमन्त्री देउवाले अर्थतन्त्रमा गतिशीलता रहेकाले सरकार निजी क्षेत्रलाई समेट्दै दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्ने दिशामा प्रयासरत रहेको जानकारी दिए ।

प्रकाशित : 19 June, 2017

प्रतिक्रिया दिनुहोस्