केपी ओली प्रचण्ड माधव नेपाल एमाले


असार १४ गते प्रदेश नम्बर १, ५ र ७ मा सार्वजनिक विदा दिन निर्वाचन आयोगको सरकारलाई आग्रह

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले स्थानिय तह दोस्रो चरणको चुनाव हुने ३ वटा प्रदेशमा ४ दिन शैक्षिक संस्था विदा दिनका लागि सरकारलाई आग्रह गरेको छ । चुनावका क्रममा प्रायःजसो विद्यालय तथा क्याम्पसलाई मतदान केन्द्र बनाइने भएकोले पनि १० देखि १४ गतेसम्म विद्यालय, क्याम्पसका शैक्षिक संस्था विदा दिईने व्यवस्था मिलाइदिन आयोगले सरकारसंग आग्रह गरेको हो ।

साथै, आयोगको सोमबार बसेको बैठकले असाढ १४ गते प्रदेश नम्बर १, ५ र ७ मा सार्वजनिक विदा दिन सरकारलाई आग्रह गर्ने भएको छ ।यद्यपी विदा दिईने वा नदिईने सन्दर्भमा सरकारको तर्फवाट आयोगको आग्रह वमोजिम निर्णय भने आएको छैन ।

प्रकाशित : 19 June, 2017

प्रतिक्रिया दिनुहोस्