केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दार्जिलिङमा टेलिभिजन च्यानलसंगै इन्टरनेट पनि बन्द हुने

सहयात्रा टिभी

बंगाल सरकारले इन्टरनेट पहुच भएकै कारण हिंसा भड्कने सक्ने भन्दै सेवा बन्द गर्न निर्देशन दिएको हो। पश्चिम बंगालको दार्जिलिङ र आसपासमा लामो समयदेखि भइरहेको बन्द र प्रदर्शनपछि बंगाल सरकारले इन्टरनेट प्रदायक संस्थालाई इन्टरनेट सेवा बन्द गर्न पत्र काटेको छ। इन्टरनेट बन्द भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता मारमा परेको भन्दै गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले बंगाल सरकारको सो कदमलाई राज्य आतंक को संज्ञा दिएका छन् ।


बंगाल सरकारको पहाड तथा गृह मामिला विभागले पत्र पठाएर सेवा बन्द गर्न लगाएको हो। शनिबार प्रदर्शनकारी र बंगाल प्रहरीबीच भएको भिडन्तमा ३ जनाको मृत्यु भएको थियो । बंगाल सरकारले दार्ज्लििङ र आसपासका क्षेत्रमा आइतबारदेखि ३ जना भन्दा बढी भेला हुन नपाईने आदेश दिएको छ। मृतकको नाममा शहरका विभिन्न स्थानमा विद्यार्थी मोर्चाले जुलुस निकालेको थियो। आन्दोलन घट्नुको साटो झनै चर्किएपछि बंगाल सरकारले स्थानीय टेलिभिजन च्यानल पनि बन्द गराएको छ। आन्दोलन सुरु भएपछि मोर्चाका अध्यक्ष विमल गुरुङसहितका नेता भूमिगत भएका छन् ।
बंगाल सरकारले कक्षा १ देखि ८ सम्म नेपाली भाषाको साटो बंगाली भाषा अनिवार्य रुपमा पढ्नुपर्ने व्यवस्था गर्ने प्रयास गरेपछि आन्दोलन चर्किएको हो।

प्रकाशित : 19 June, 2017

प्रतिक्रिया दिनुहोस्