भारतको स्वतन्त्रता दिवसमा देउवा दिल्ली जान सक्ने

सहयात्रा टिभी

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ३१ साउन (अगस्ट १५, स्वतन्त्रता दिवसका अवसरमा) मा भारत भ्रमण गर्ने इच्छा गरेका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै भारतले उनलाई भ्रमणको निम्तो दिइसकेको छ । भ्रमणबारे दुई पक्षबीच खासै तयारी नभए पनि नेपालले उक्त मिति उपयुक्त हुने अनौपचारिक सुझाब भारतलाई दिएको स्रोतले जनाएको छ ।

भारतको विदेशी सरकार प्रमुखलाई गणतन्त्र दिवसका अवसरमा मात्रै प्रमुख अतिथिका रूपमा निमन्त्रण प्रचलन छ । यसअघि भारतले राजा वीरेन्द्रलाई दुई दशकअघि गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथि बनाएर निमन्त्रण गरेको थियो । नजिकको छिमेकीका हैसियतले प्रधानमन्त्री देउवाको भ्रमण स्वतन्त्रता दिवसका अवसरमा गराउनु उपयुक्त हुने सुझाब नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई दिएको छ ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्रीको भ्रमणबारे भारतीय पक्षसँग कुराकानी भइरहेको तर टनिर्णय भने भइनसकेको बताए । गतबर्ष भदौ अन्तिमदेखि असोज पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण भएको थियो । गत वैशाख पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारीको पनि राजकीय भारत भ्रमण भएको थियो । आगामी माघसम्म प्रान्तीय र संघीय निर्वाचन सम्पन्न गरेपछि देउवाको कार्यकाल सम्पन्न हुनेछ । देउवा दोस्रो चरणको निर्वाचनलगत्तै भारत जाने उनको निकटस्थहरुको भनाई छ ।

प्रकाशित : 20 June, 2017

प्रतिक्रिया दिनुहोस्