केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउन थप पहल गर्दै 

सहयात्रा टिभी

काठमाडौं । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको चुनावका लागि मनोनयन दर्तासँगै प्रचारप्रसार तीव्र रुपमा भइरहेको छ । यता उम्मेद्वाहरुले मतदनताको घर घरमा पुगेर मत मागिरहेका छन् । यहि असार १४ गते १, ५ र ७ नम्बर प्रदेशका तीन सय ३४ वटा स्थानीय तहमा चुनाव हुँदैछ । दलहरुले स्थानीय कार्यकर्तामार्फत आफ्ना मतदातालाई भोट हाल्न सिकाइरहेका छन् भने निर्वाचन आयोगले पनि ठूलो लगानीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै, निर्वाचन आयोगले दोस्रो चरणमा खटिएका मतदाता शिक्षा कार्यकता माथि कडाइ गरेको छ । एउटा मतदान केन्द्रमा एक जनाका दरले खटिएका कार्यकर्तालाई आयोगले प्रत्येक मतदाताको घर घरमा पुग्न निर्देशन पनि दिएको छ । निर्वाचन आयोगले असार १४ गते हुने मतदानका लागि असार ११, १२ र १३ गते प्रत्येक मतदान केन्द्रमै मतदाना शिक्षा कार्यक्रम सञ्चालन गर्दैछ । पहिलो चरणमा नमुना मतपत्रमा भोट हाल्ने तरिका सिकाए पनि यसपटक सक्कली मतपत्र नै देखाइने निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान केन्द्रमा आएर शिक्षा लिएका मतदाताको एकीन विवरण राख्न पनि आयोगको निर्देशन छ ।

त्यस्तै, निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई अझै प्रभावकारी बनाउन स्थानीय १६ किसिमका भाषामा निर्वाचन सम्बन्धी सामाग्री अधिकतम रुपमा वितरण भइरहेको जनाएको छ । भोजपुरी, मैथली, थारु, तामाङ, नेवारी, डोटेली, मगर, अवधी, लिम्बु जस्ता भाषामा छापिएका मतदाता शिक्षासँग सम्बन्धित सामाग्री मतदाताको घर घरमा पुर्‍याइरहेको छ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सार्वजनिक सञ्चारका माध्यमबाट पनि प्रचारप्रसारका सामाग्री प्रसारण गरि जनचेतना दिईरहेको छ । संगसंगै, मतदाता शिक्षा प्रभावकारी बनाउन आयोगले नमुना मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

प्रकाशित : 20 June, 2017

प्रतिक्रिया दिनुहोस्