केपी ओली प्रचण्ड माधव नेपाल एमाले


असार १४ गतेको निर्वाचनको उम्मेदवारलाई मंगलबार निर्वाचन चिन्ह्र प्रदान गरिने

सहयात्रा टिभी

काठमाडौ । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा उम्मेदवार भएकालाई मंगलबार निर्वाचन चिन्ह्र प्रदान गर्ने भएको छ । असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनको लागि असार ४ गते उम्मेदवारी दिई उम्मेदवारी फीर्ता नलिएका उम्मेदवारलाई मंगलवार निर्वाचन चिन्ह्र प्रदान गरिने भएको हो ।

निर्वाचन आयोेगको अनुसार मंगलवार ११ः०० बजेदेखि ११ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । यसै वमोजिम नै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई आज बिहान ११ः३० बजेदेखि सांझ ६ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । आयोगका अनुसार स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मध्ये ६२ हजार ९ सय २६ को विवरण प्राप्त भइसकेको जनाईएको छ । यद्यपी, दोस्रो चरणको निर्वाचन प्रदेश नं १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा हुँदैछ ।

प्रकाशित : 20 June, 2017

प्रतिक्रिया दिनुहोस्