केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज भरतपुर वडा नम्बर १९ को सुनुवाई हुने

सहयात्रा टिभी

भरतपुर । चितवनको भरतपुर वडा न. १९ मा पुनः मतदान गराउने विषयलाई लिएर निर्वाचन आयोगको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुने भएको छ । मतगणना सुचारु गर्नुपर्ने मागसहित सर्वोच्च आदालतमा परेको रिट निवेदनको सुनुवाई आज हुनुभएको हो । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा तोकिएको सुनुवाई आजका लागि सारिएको थियो ।

मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेका थिए । अदालतमा दायर गरिएको रिटको सुनुवाई पटक पटक सरेपछि भरतपुर महानगरपालिकाको पुनः निर्वाचन हुने वा पुनः मतगणना हुने भन्ने वारे केहि ठोस निष्कर्ष आउन सकेको छैन । भरतपुर महानगरपालिकामा रेणु दाहाल र देवी ज्ञवालीबीच रोचक प्रतिष्पर्धा छ । प्रचण्डपुत्री रेणु नेकपा माओवादी केन्द्र र कांग्रेसको साझा उम्मेदवार हुन भने ज्ञवाली एमालेका उम्मेदवार हुन ।

चितवनको भरतपुरमा मतगणना भइरहेका बेला माओवादीका प्रतिनिधिले ९० वटा मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुनः मतदान गर्नुपर्ने निर्णय अघि सारेको थियो ।

प्रकाशित : 20 June, 2017

प्रतिक्रिया दिनुहोस्