केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लण्डनमा आतंककारी हमला १ को मृत्यु, ८ घाइते

सहयात्रा टिभी

एजेन्सी । लन्डनमा एक मस्जिद नजिक सोमबार बिहानै आतंककारी आक्रमण भएको थियो । सवारी चालकले आफ्नो भ्यान लगेर पैदल यात्रुमाथि ठोक्काएर दुर्घटना गराएका थिए । ठक्करबाट भुइँमा लडेका व्यक्तिमाथिबाटै पुनः उनले भ्यान चलाएका थिए । सो आक्रमणवाट एक व्यक्तिको मृत्यु हुनुको साथै आठजना घाइते भएको लन्डन प्रहरीले जनाएको छ । लण्डनमा यस घटनालाई लिएर आतंककारी हमलाको रूपमा हेरिएको छ । सडकमा पैदलयात्रा गरिरहेका सर्वसाधरणमाथि गरिएको यो घटनालाई बेलायती प्रधानमन्त्री थेरेजा मेले अमानविय र आतंककारी हमलाको संज्ञा दिएकी छन् । प्रधानमन्त्री मेले यस विषयमा आवश्यक छलफलका लागि भन्दै सोमबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएकी थिइन् ।

बेलायतमा यसअघि पनि मुस्लिम लक्षित आक्रमणको प्रयास भएको थियो । लण्डनमा पटक पटक यस्ता खालका घटना गराईएपनि सो घटनाको  कसैले पनि जिम्मेवारी लिएको छैन ।

प्रकाशित : 20 June, 2017

प्रतिक्रिया दिनुहोस्