केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘राजा बिरेन्द्र’सँग डेटिङ जान मन थियो – गायिका रितु कँडेल

सहयात्रा टिभी

गायिका रितु कडेल सँग १० प्रश्न:
१.) अहिले के मा व्यस्त हुनुहुन्छ ?
– तिज नजिकिदै गरेको हुनाले धमाधम तिजको गितहरु रेकर्ड गर्ने तयारी भैरहेको छ र अहिले चाही त्यसैमा व्यस्त छु ।

२.) साङ्गितिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

– म सानैदेखि एकदमै गित गाउथे र गित गाउनमा पनि एकदमै ट्यालेन्ट थिए अनि स्कुलमा हुने हरेक कार्यक्रमहरुमा गित गाउने गर्थे त्यही देखेर मलाई साथिभाई स्कुलको सरहरु सबैले तिमीले राम्रो गाउछौ रितु तिमिले गाउनैपर्छ भनेर इन्करेज गर्नुहुन्थ्यो त्यसपछि मलाई पनि हौसला मिल्दैगयो र यहि बेला देखि नै म यो क्षेत्रमा छु ।

३.)कतै तपाईं कोमल दिदिको हात समाउदै यो क्षेत्रमा आवद्ध हुनुभएको त होइन ?

– कोमल दिदिको हात समाउदै भन्दा पनि म ललित कला क्याम्पसमा म्युजिक पढ्दैथे, त्यो बेला दिदि सँग भेट भयो र मैले दिदिलाई भने दिदि मलाई म्युजिकमा रुची छ भने उहाले पनि साथ दिनुभयो सपोर्ट गर्नुभयो र उहा गएको ठाउँमा मलाई सँगै लानथाल्नुभयो, धेरै सिकाउनुभयो र आज उहाले देखाउनुभएको बाटोमा म आजपनी हिड्दैछु ।

४.) तपाईंको बुझाइमा संगीत के हो ?

– भित्रि हृदयदेखी आएको स्वर जसलाई हामिले मनबाट महसुस गर्दै मिठो गलाको माध्याम बाट प्रस्फुटन गर्छौ र जुन स्वर सुनेर जो कोहिको मन आनन्द हुन्छ, त्यो नै संगीत हो ।

५.) तपाईं कतिको सन्तुष्टि हुनुहुन्छ आफ्नो काम बाट ?

– अह, म अझै सन्तुष्ट छैन । किनकि मैले गर्नुपर्ने काम र संगीतको माध्यम बाट दिनुपर्ने योगदान अझै बाकी छन् । जबसम्म मैले राम्राराम्रा कालाजयी गितहरु पस्केर सिङ्गो राष्ट्र जित्न सक्दिन तबसम्म म सन्तुष्ट हुन्न।

६.) आजसम्म कस्ता कस्ता गित गाउनुभयो, तपाईंले गाउने गितहरुमा कतिको राष्ट्रियता झल्किन्छ ?

– राष्ट्रियता झल्किने खालको गितहरु धेरै गाउनफ सकेको छैन । २(४ वटा मात्र छन किनकि मेरो आवाज अलि रोमान्टिक मै सुट हुने भएकोले रोमान्टिक तिरै बढी फोकस गर्छु र अहिले माहोल पनि अलि रोमान्टी गित सुन्न मनपराउने रोमान्टिक गित मै बढी नाच्न गाउन मनपराउने छ र रोमान्टिक गितहरु नै अलि बढी चल्ने भएको हुनाले यस्तै गितहरु गाइरहेको छु ।

७.) घुम्न कतिको मनपर्छ, चाहेर पनि जान नपाएको ठाउँ कुन हो ?

(घुम्न त एकदमै माहिर छु । पुर्वको इलाम देखी पश्चिमको डोटिसम्म पुगेको छु, चाहेर पनि जान नपाएको ठाउँ चाही मुगुको रारा र डोल्पाको फुस्कुण्डो ताल हो ।

८.) यदि तपाईंले डेट जाने अवसर पाउनुभयो भने कसलाई रोज्नुहुन्छ ?

– अहिले त डेट जान लाइक त्यस्तो व्यक्ति खास कोहि छैनन् । तर, पहिले चाही राजा बिरेन्द्र नमर्दा राजा बिरेन्द्र सँग जान मनथ्यो म सानैभएपनी उहाँ मलाई एकदमै मनपर्थ्यो अहिले उहा जिउदै हुनुभएको भए म ‘राजा बिरेन्द्र’ लाई नै रोज्थे ।

९.)तपाईंलाई के गर्न पाउदा बढी रमाइलो लाग्छ र मनपर्ने २ गायक गायीका को को हुन ?

– पुराना(पुराना गित गाउन सुन्न हार्मो्नियम बजाउन पाउदा चाही बढी रमाइलो लाग्छ । मलाई मनपर्ने गायक नारायण गोपाल र गायिकामा मेरो गुरु कोमल ओलि ।

१०.) तपाईंको बुझाइमा सेक्स के हो यसको नकारात्मक पाटोलाई कसरी चिर्न सकिन्छ ?

(सेक्स एउटा प्राकृति नियम हो। मानव जातिलाई मात्र नभै जो कसैलाई पनि सेक्सको आवस्यक पर्छ । सेक्स बारेमा मान्छेका आफ्नै सोच र धारण छन। यस्लाइ कति मह्तो दिने त भन्ने कुरा ब्याक्ती आफैमा भर पर्न कुरा हो। यसको नकारात्मक पाटो भनेको मान्छेले सेक्सको जथाभाबि प्रयोग गर्नु नै होकी जस्तो लाग्छ मलाई ।
साभार  sambadpost

प्रकाशित : 20 June, 2017

प्रतिक्रिया दिनुहोस्