केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसका वागी मेयरसहित २३ ले लिए रुपन्देहीमा उम्मेदवारी फिर्ता लिए

सहयात्रा टिभी

बुटवल । रुपन्देहीमा कांग्रेसका वागी मेयर गणेश पाठक एवं २३ ले जनाले आज उम्मेदवारी फिर्ता लिएका छन् । तिलोत्तमा नगरपालिकाका स्वतन्त्रवाट मेयरमा उम्मेदवारी दिएका कांग्रेसका गणेश पाठक एवं उपमेयर महाशर्मा न्यौपाने, अध्यक्षका उम्मेदवार निरबहादुर खडका र अर्का उम्मेदवार धनलाल अधिकारीले पनि उम्मेदवारी फिर्ता लिएका हुन् । रुपन्देहीमा ८ सय ७ खुल्ला पदका लागि ४ हजार ४ सय ४५ जनाको उम्मेदवारी परेको थियो । फिर्ता लिने भने २३ जना छन् ।

यता बुटवल उपमहानगरपालिकावाट पनि १ उप मेयरसहित ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उपमेयरमा स्वतन्त्रवाट उम्मेदवारी दिएका हुमनाथ न्यौपाने, अर्का उम्मेदवार स्वतन्त्रका अध्यक्ष महेन्द्र राज भण्डारी, अर्का वडा अध्यक्षका उम्मेदवार नारायण खनाल, राप्रपावाट सदस्यका उम्मेदवार सुरज गुरुङ र नयाँ शक्तिवाट सदस्यका उम्मेदवार केशव गैरेले मंगलवार उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रकाशित : 20 June, 2017

प्रतिक्रिया दिनुहोस्