दार्जिलिङमा आन्दोलन झन चर्कदै, गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए खारेज गर्ने निर्णय
दार्जिलिङमा । दार्जिलिङमा गोर्खाल्याण्डको माग गर्दै विगत केही दिनदेखिको अनिश्चितकालिन आन्दोलन अझै रोकिएको छैन । दार्जिलिङमा आन्दोलनरत दलहरुले भारतको पश्चिम बंगाल दार्जिलिङको विकासका लागि भनेर छुट्टाईएको स्वायत्तता गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए खारेज गर्ने निर्णय गरेका छन् । दार्जिलिङमा मंगलबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । यता, दार्जिलिङमा गोर्खाल्याण्डको माग गर्दै विगत लामो समय देखिको अनिश्चितकालिन बन्द भने कायमै रहेन जनाईएको छ ।
जथाभावी दार्जिलिङबासीलाई पक्राउ गर्ने काम बन्द गरिनुपर्ने दार्जिलिङमा गरिएको इन्टरनेट सेवा एवं टेलिभिजन च्यानल सुचारु गरिनुपर्ने दार्जिलिङवासीले वताएका छन् । आगामी २४ तारेख नेपाली भाषीका दलको सर्वदलीय बैठक आयोजना गरिएको बताइएको छ ।
बैठकमा सहभागी नेपाली भाषीहरुले अहिले चलिरहेको आन्दोलन कुनै जातजाति विशेषको नभइ राज्य सरकारको आन्दोलनलाई दमन गर्ने नीतिको विरुद्धमा भएको बताएका छन् । बैठकमा केन्द्र सरकारको नेतृत्व गरेको दल भारतीय जनता पार्टीसमेत सहभागी भएको बताइएको छ ।
सन् २०११ मा नेपाली भाषी बहुल क्षेत्र दार्जिलिङमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन गठन गरिएको थियोे । हाल दार्जिलिङमा आन्दोलनरत दलहरुले भारतको पश्चिम बंगाल दार्जिलिङको विकासका लागि भनेर छुट्टाईएको सोहि स्वायत्तता गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए खारेज गर्ने निर्णय गरेका छन् ।