निर्वाचन आयोगद्धारा मंगलबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान

सहयात्रा टिभी

काठमाडौं । यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका सवै उम्मेदवारहरुलाई निर्वाचन आयोगले मंगलबार चुनाव चिह्न दिएको छ । यद्यपी, संसद्भित्रका २७ दलका उम्मेदवारले दलगत र बाँकी दल वा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको स्वतन्त्र निर्वाचन चिह्न प्रदान गरेको हो । निर्वाचन चिह्न प्राप्त भएलगत्तै उम्मेदवारहरु नमुना मतपत्रसहित मतदाताको घरघरमा पुगी मत माग्ने कार्यमा लागि परेका छन्। निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा अझ वढि सक्रिय रुपमा लागि परेका छन् ।
प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ तहमा हुन गईरहेको निर्वाचनका लागि गत आइतबार ६२ हजार ९ सय २६ जनाले उम्मेदवारी दिएको आयोगलो जनाएको छ।
दोस्रो चरणअन्तर्गतको निर्वाचनबाट एक महानगरपालिका, सात उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा जनप्रतिनिधि चयन हुनेछन् भने ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन्। रासस

प्रकाशित : 21 June, 2017

प्रतिक्रिया दिनुहोस्