केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बुधबारदेखि ३ दिनसम्म भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण गरिने

सहयात्रा टिभी

ललितपुर । नेपाल सरकारले भूकम्पपीडित १४ जिल्लाका १ हजार ५ सय भूकम्पपीडितलाई बुधबारदेखि ट्याक्सी नम्बर प्लेट वितरण गर्ने भएको छ । यातायात व्यवस्था विभागले ललितपुरको च्यासल फुटबल ग्राउन्डमा तीन दिनसम्म नम्बर प्लेट वितरण गर्न लागिएको हो ।

विभागले तीन दिन सम्म नम्वर प्लेट वितरण गर्नेछ भने पहिलो दिन असार ७ गते काभ्रेपलान्चोक, नुवाकोट र रामेछापका ४ सय ९१ जनालाई ट्याक्सी नम्बर प्लेट वितरण गरिने र दोस्रो दिन असार ८ गते दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका ५ सय १३ जनालाई वितरण गरिने र तेस्रो तथा अन्तिम दिन असार ९ गते काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुंगा, गोरखा र रसुवाका ४ सय ९६ जना भूकम्पपीडितलाई उनिहरुकै सहभागितामा गोलाप्रथाद्धारा ट्याक्सी नम्बर प्लेट वितरण गरिने भएको छ ।

विभागले चैत २६ गते नै ट्याक्सी नम्बर प्लेट वितरण गर्ने भनिएपनि स्थानीय तहको पहिलो चरणको निर्वाचनका कारण रोकिएको थियो ।

प्रकाशित : 21 June, 2017

प्रतिक्रिया दिनुहोस्