केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौं महानगरमा भूकम्पपीडितले पाउने १५ सय ट्याक्सी चलाउन नपाईने

सहयात्रा टिभी

काठमाडौं । वुधवार देखि ३ दिन सम्म यातायात व्यवस्था विभागले ललितपुरको च्यासल स्थित फुटबल ग्राउन्डमा वितरण गरिने ट्याक्सी काठमाडौंमा महानगरले चलाउन अनुमती नदिने भएको छ ।

काठमाडौंका मेयर विद्यासुन्दर शाक्य महानगर कार्यपालिकाले गरेको निर्णय सार्वजनिक गर्दै १४ जिल्लाका भूकम्पपीडितलाई वितरण गर्न लागिएको १५ सय वटा नयाँ ट्याक्सी काठमाडौंमा चलाउन नहुने बताए । काठमाडौं उपत्यकामा यसै पनि ट्राफिक जाम धेरै भईरहेका वेला अरु थप सवारी चलाउन अनुमती दिईने हो भने यहांको सवारी आवागमन झनै अस्तव्यस्त हुनेछ उनले भने । महानगरपालिकाले काठमाडौंमा थप हुने भनिएको नयाँ ट्याक्सीलाई काठमाडौं उपत्यकाभन्दा अन्य क्षेत्रमा केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ ।

मेयर शाक्यले भने भूकम्पपीडितलाई राज्यले गर्नुपर्ने सहयोग गर्नुपर्छ तर त्यसको सहि व्यवस्थापन पनि गर्नुपर्ने भन्दै काठमाडौंमा थप ट्राफिक जाम हुने गरी ट्याक्सी नचलाइयोस् भन्ने हाम्रो आग्रह हो उनले थपे । ।

काठमाडौंमा यसैपनि ट्राफिक जाम बढिरहेको समयमा बाहिरी जिल्लाका पीडितका लागि लक्षित गरेर ट्याक्सी थप गर्ने निर्णय वैज्ञानिक नभएको तर्क गरे । उनले १५ सय ट्याक्सी थप नगर्न यातायात ब्यवस्था विभागमा पत्राचार गर्ने निर्णय समेत आफूहरुले गरेको जानकारी दिए ।

काठमाडौंमा भूकम्पपपीडितका लागि १५ सय ट्याक्सी थप्ने मन्त्रीस्तरीय निर्णय गरिएको थियो ।

प्रकाशित : 21 June, 2017

प्रतिक्रिया दिनुहोस्