केपी ओली प्रचण्ड माधव नेपाल एमाले


खोटाङमा एमाले उम्मेदवारको घरमा बम विस्फोट

सहयात्रा टिभी

खोटाङ । खोटाङमा नगरपालिका–८ मा नेकपा एमालेको वडाध्यक्षमा उम्मेदवारको घरमा बम विस्फोट भएको छ । उम्मेदवारका घरमा गए राति बम विस्फोट गराइएको हो । अज्ञात समूहले गराएको बम विस्फोटमा वडाध्यक्षका प्रत्याशी चौहानकी बुहारी शकुन्तला चौहान गम्भीर घाइते भएकी छन् । घाइतेको अवस्था गंभिर रहेको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।

उम्मेदवार चौहान चुनावी घरदैलो अभियानमै रहेको समयमा विस्फोट गराइएको थियो । बम विस्फोटबाट भान्साकोठामा जमिन फाटेको छ ।

प्रकाशित : 21 June, 2017

प्रतिक्रिया दिनुहोस्