केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दाङमा महिलाको मनोनयन कम

सहयात्रा टिभी

दाङ । राजनीतिक दलहरूले लैंगिक हक अधिकारका लागि भन्दै महिलाहरुलाइ अत्याधिक मात्रामा अधिकार प्रदान गरिने भनिएपनि वाहिर प्रचार गरेजस्तो व्यवहारमा भने देख्न पाईदैन । स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा धेरै जसो जिल्लामा महिलाको मनोनयन र उम्मेदवारी अत्यन्तै कम मात्रामा देखिएको छ ।
दलहरूले महिलाहरूलाई उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा प्रमुख भन्दा उपप्रमुखमा मात्र स्थान दिएका छन् त्यो पनि जम्मा समावेशीका नाममा ।
३३ प्रतिशत महिला सहभागिता अनिवार्य हुनुपर्ने संविधानमानै उल्लेख गरिएपनि विभिन्न पार्टीका राजनीतिक दलहरूले सो कुरा पूरा गर्न नसकेको स्थानीय महिलाहरूले गुनासो पोखेका छन् ।
दलहरूले भाषणमा महिला सहभागिताको जति चर्का कुरा गरेपनि त्यसलाई कार्यान्वयन भने ल्याउन नसकेको स्थानिय महिलाहरूले दुखेसो पोखेका छन् ।

जसले गर्दा महिलाहरूका बारेमा अझै पनि समान दृष्टिकोणको बृद्धि भईनसकेको दाङको स्थानीय महिला चन्द्रा वलीले गुनासो गरिन् ।

प्रकाशित : 21 June, 2017

प्रतिक्रिया दिनुहोस्