केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालीले मंगल ग्रहको उपग्रहमा बनाए बसोबासको नमूना

सहयात्रा टिभी

काठमाडौं । पछिल्लो समय चन्द्रमामा या मंगलग्रहमा वसोवास गर्नका लागि खोज अन्वेषण भईरहेको छ । केहि समय अगाडी मात्रै चिनले चन्द्रमामा प्रतिनिधि पठाएर वसोवास र खेतीका गर्नका लागी अन्वेषण गर्नका लागि पठाउने कुरा वाहिर आएको थियो । जहां ति व्यक्तिले त्याहा गएर आलु खेती गर्नेछन् र मानववस्तीका लागी संभव या असंभव उनले अन्वेषण गर्नेछन् । यस विचमा सोहि प्रकारका अन्वेषण भईरहेका वेला एक नेपालीले पनि विश्वसामु अर्को पहिचान दिएको छन् । हालै मात्र मंगलग्रहको उपग्रहमा अन्तरिक्षयात्री बसोबासका लागि नमूना तयार गर्ने प्रतिस्पर्धामा नेपाली विद्यार्थीहरूले तयार पारेका छन् र यसमा उनिहरु विजयी पनि भएका छन् । मंगलग्रहको उपग्रह ‘फोबोस’ मा अन्तरिक्षयात्री बस्न सक्ने वासस्थानको नमूना तयार गर्न नेपाली विद्यार्थीलाई अमेरिकन इन्ष्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआईएए) ले आयोजना गरेको प्रतिष्पर्धामा चार नेपाली विद्यार्थी थापाथली इन्जिनियरिङ क्याक्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीको संयुक्त समूह छनोट भएको हो ।

थापाथली इन्जिनियरिङ क्याम्पसका राजन भण्डारी र सञ्जीव अधिकारी एवं पुल्चोक इन्जिनियरिङ क्याम्पसका राजकुमार गुरुङ र अर्जुन मगर विजयी भएका छन् । प्रतियोगितामा सहभागी हुने नेपाली विद्यार्थीको समूहले ६ वटा सिलिन्डर आकारका नमूनाको डिजाइन तयार गरेको छ । एउटा सिलिन्डर बसोवासका लागि प्रयोग हुनेछ जसमा ६ जना बस्न सक्नेछन् । यसमा शौचालय, स्नानगृह, भान्साघरका साथै आराम तथा शारीरिक अभ्यासका लागि समेत स्थान छुट्ट्याइएको छ ।

प्रकाशित : 22 June, 2017

प्रतिक्रिया दिनुहोस्