केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपा केन्द्रीय उपाध्यक्ष चौधरी सहित जिल्ला संयोजक पनि पक्राउ

सहयात्रा टिभी

नवलपरासी । स्थानिय तहको दोस्रो चरणको निर्वाचन नजिकिदै गर्दा निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले राष्ट्रिय जनता पार्टी राजपा का केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीलाई पक्राउ गरेको छ । चौधरी संगै अन्य ६ जनालाई पनि निर्वाचन विरोधी क्रियाकलाप गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

नवलपरासीको जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले उपाध्यक्ष चौधरी सहित राजपा जिल्ला संयोजकहरु ६ जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 22 June, 2017

प्रतिक्रिया दिनुहोस्