केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन आयोगका सचिव मैनाली लगायत खनाल र ढुङगानाको पनि सरुवा

सहयात्रा टिभी

काठमाडौं । दोस्रो चरणको चुनावको मुखमा आएर सरकारले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आयोगका सचिव मैनालीको सरुवा गरेको हो । मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ । यता आयोगमा भने सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई कामु सचिवमा ल्याइएको छ ।
गोपीनाथ मैनालीसहित राजन खनाल र शिशिर ढुङगानाको पनि सरुवा भएको छ । अर्थ मन्त्रालयमा राजष्व सचिव रहेका खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । अख्तियारका सचिव पूर्णचन्द्र भट्टराईले अवकास पाएपछि त्यहाँ सचिव पद रिक्त थियो । त्यस्तै, अर्थ मन्त्रालयमा शिशिर ढुङगानालाई सरुवा गरिएको छ । ढुङ्गाना क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा थिए ।

प्रकाशित : 22 June, 2017

प्रतिक्रिया दिनुहोस्