केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चन्दा प्रोडक्सनद्धारा निर्मित कार्यक्रम ‘सहयात्रा’ शुक्रवार ६ः०५ बजे र आइतबार बिहान १०ः३० बजे नेपाल टेलिभिजनवाट प्रसारण हुने

सहयात्रा टिभी

काठमाडौं । चन्दा प्रोडक्सनद्धारा विगत ४ वर्षदेखि निर्माण हुदै आएको कार्यक्रम ‘सहयात्रा’ ले हाल सम्म १ सय ९९ औं हप्ता पार गरेको छ । ‘सहयात्रा’ ले १ सय ९९ औं हप्ता पार गर्दैगर्दा राष्ट्र विकासमा योगदान दिने हेतुले देशको नीति निर्माण तहमा रहनुभएका विशिष्ट व्यक्तित्वहरुमाझ विचार विमर्श गर्दै आईरहेको छ ।

जहां पर्यटन, संस्कृति र विकास जस्ता देश विकासका अभिन्न अंगहरुलाई सहयात्राले मुख्य कडीका रुपमा कार्यक्रमको शुरुवाती  दिन देखिनै थप परिमार्जित गराउने प्रयत्न गर्दै आईरहेको छ । जहां काठमााडौं केन्द्रित मात्रै नभएर देशका दुरदराजसम्म पुगी त्याहाको वस्तुस्तिथिलाई नजिकवाट नियाल्दै कार्यक्रम सहयात्रा मा समावेश गरि नेपाल टेलिभिजनवाट प्रसारण हुदै आईरहेको छ ।

सोहि निरन्तरता स्वरुप सहयात्राको यो अंकमा मुलुकको अर्थतन्त्र, विकास र उत्थानमा अत्यन्तै महत्वपूर्ण अंग आयात घटाई निर्यातमा बृद्धि गर्नुपर्ने विषयमा केन्द्रित रहेको छ । जहां निर्यातजन्य सामग्रीको उत्पादन बढाउनु र दिगो आर्थिक विकासको मार्ग तय गर्नु मुलुकको प्रमुख चुनौतिका रुपमा रहेको कुरा यस कार्यक्रममा समावेश गरिएको छ ।

कार्यक्रम आज शुक्रवार साँझ ६ः०५ बजे र आइतबार बिहान १०ः३० बजे नेपाल टेलिभिजनवाट प्रसारण हुनेछ ।

प्रकाशित : 23 June, 2017

प्रतिक्रिया दिनुहोस्