केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश नम्बर २ र ५ का ११ जिल्लामा चुनाव नरोक्नुः सर्वोच्च अदालत

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतले प्रदेश नम्बर २ र ५ का ११ (परासी, रुपन्देही र कपिलवस्तु) जिल्लामा निर्वाचन नरोक्न आदेश दिएको छ । यसअगाडी देश नम्बर २ र ५ का ११ मा निर्वाचन रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सरकारले प्रदेश नम्बर २ को निर्वाचन असोज २ लाई सारेको छ । यसर्थ, प्रदेश नम्बर ५ मा पनि निर्वाचन रोक्नुपर्ने कुनै कारण नभएको सर्बोच्चले भनेको छ । न्यायाधीश मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले निर्वाचन कार्यक्रम अनुसार प्रक्रिया सञ्चालन भइरहेकोले निर्वाचन रोक्न उचित नदेखिएको भन्दै चुनाव नरोक्न आदेश दिएको छ ।

 

प्रकाशित : 23 June, 2017

प्रतिक्रिया दिनुहोस्